शनिवार, वैशाख १५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड १ मा हर्पिक, साबुन बनाउने तालिम सम्पन्न

आइतवार, चैत ११, २०८०

बिर्तामोड नगरपालिका वडा नम्बर १ को आयोजनामा भएको ३ दिने हर्पिक, साबुन र फिनेल उत्पादन तालिम सम्पन्न भएको छ ।
सहयोगी नेपालको प्राबिधिक सहयोगमा चैत्र ७ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो । तालिममा २१ जना महिलाहरूले सभभागिता जनाएका छन् ।
तालिममा नुहाउने साबुन निम, तितेपाती, मेवा,घ्यु कुमारी, झोल साबुन, कालो फिनेल, सेतो फिनेल, हर्पिक, लुगाधुने डल्ला साबुनका विषयमा जानकारी प्रदान गरिएको छ ।

तालिम समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता, वडा नम्बर १ का वडाअध्यक्ष अग्नि प्रसाद पाण्डे, वडासचिब टीका अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन दयालाल राजबंशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खबर