मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

विराट गोल्डकपः नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै भुटानको विजयी सुरुवात

शुक्रवार, चैत १६, २०८०

मोरङ,१६ चैत: विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ ।

आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो । भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियोभने त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगाएको थियो । खेल सुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरेका थिए । खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भएर नगद रु ११ हजार प्राप्त गरेका छन् ।

त्यसअघि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलका माध्यमबाट देशको गरिमा वृद्धि हुने भएकाले त्यसलाई आत्मसात् गर्दै खेलाडीहरु मैदानमा उत्रनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेलका माध्यमबाट सामाजिक सद्भाव कायम गर्न सहज हुने बताउनुभयो ।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाईज, विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन् । यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटिसी फुटबल क्लब उपाधिका निम्ति प्रतिस्पर्धा गर्न विराटनगर आएका छन् ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । आज त्रिभुवन आर्मी क्लब र (एनआरटी)बीच हुनेछ ।

सम्बन्धित खबर