मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

‘झापा स्पोर्टस अवार्ड’को पाँचौँ संस्करण चैत्र २९ मा

शुक्रवार, चैत १६, २०८०

बिर्तामाड, चैत १६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ ।
मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो ।
बिर्तामोडमा आयोजना हुने अवार्ड २०७९ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव तथा खेल प्रतिभा छनोट उपसमिति संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।
अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । कोशी प्रदेशमै पाँचौँपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।
विगतका वर्षमा जस्तै यसपटक वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट युवा वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, स्पेशल अचिभमेन्ट अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी सात विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।
यो वर्षदेखि एउटा विधा थप गरिएको मञ्चका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए । पाँचौँ संस्करणमा एकजना खेलकुद पत्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड समेत प्रदान गरिने उनले बताए ।
वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ ।
स्पेशल अचिभमेन्ट अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट खेलकुद पत्रकार अवार्डको विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।
वर्ष खेलाडी पुरुष र महिला विजेतालाई नगद एक लाख, ट्रफी प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस र स्पेशल अवार्ड विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
अवार्डलाई सफल बनाउन अध्यक्ष इन्द्रजीत मुखियाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मूल आयोजक समितिका सदस्य रहनेछन् ।
मञ्चका सचिव चिरञ्जीवी घिमिरेको संयोजकत्वमा खेल प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा पुष्प बराल र राजु पौडेल छन् ।

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष प्रेम आचार्यको संयोजकत्वमा भूमिका सुब्बा र तीर्थ तिम्सिना सदस्य रहेको अतिथि सत्कार तथा स्वागत उपसमिति, कोषध्यक्ष प्रकाश बानियाँको संयोजकत्वमा प्रेम आचार्य र तीलक योञ्जन सदस्य रहेको आर्थिक उपसमिति, सहसचिव भूमिका सुब्बाको संयोजकत्वमा रोहित काफ्ले र आयुश निरौला सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति र कार्यसमिति सदस्य तिलक योञ्जनको संयोजकत्वमा भारती राई, सौरभ मुखिया, नारायण अर्याल, विष्णु श्रेष्ठ र सौरभ सुनुवार सदस्य रहेको प्राविधिक उपसमिति गठन गरिएको संयोजक खरेलले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा संस्थापक अध्यक्ष रमेश समदर्शीले अवार्ड सुरु गर्दाका अनुभव सुनाएका थिए ।

सम्बन्धित खबर