Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा कालाजार संक्रमित फेला
मङ्गलवार, चैत २०, २०८०
झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो ।
संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखिकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ । आज वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन बिरेन्द्र दासले रोगका विषयमा सम्पुर्ण जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परिक्षणसमेत गरेको छ । परिक्षण गरिएका सबैमा संक्रमण नदेखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो ।
परिक्षणमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयका प्रयोगशाला सहायक चन्द्र शेखर कुमार यादवले जानकारी दिनुभयो । प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने गर्छ ।