शनिवार, वैशाख २९, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा क्रिकेटको निशुल्क खुला प्रशिक्षण तथा विश्लेषण शिविर सुरु

सोमवार, चैत २६, २०८०

झापाको बिर्तामोडमा क्रिकेटको निशुल्क खुला प्रशिक्षण तथा विश्लेषण शिविर सुरु गरिएको छ ।
नेपालको पूर्व अन्डर १९ राष्ट्रिय खेलाडी अभिषेक बस्नेतले LFES ग्राउन्ड, बिर्तामोडमा 'खुला प्रशिक्षण तथा विश्लेषण शिविर' गरेका हुन् ।

दश दिनसम्म सन्चालन हुने शिविरमा नयाँ क्रिकेट खेलाडीहरुले अभिषेकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव साँटासाँटका साथै प्रेसर र जिम्मेवारीको बारेमा थप ज्ञान हाँसिल गर्ने संयोजक सुरज खड्काले बताए ।

क्रिकेटमा बढ्दो रुचिलाइ आकर्षित गर्ने र भविष्यका खेलाडीहरूलाई योजना र ज्ञानको सहयोग प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको बिर्तामोड नगर खेलकूद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए । शिविरलाई नगक खेलकुद विकास समिति र वडा नम्बर ४ को सहयोग छ ।

शिबिर उद्घाटन कार्यक्रममा वडा नम्बर ४का वडाअध्यक्ष राहुल शर्मा, प्रकाश् लिङ्देन , विशाल छेत्री ,माधब झा लगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षण शिविरमा जिल्लाका विभिन्न पालिकाबाट दर्जनौं खेलाडीहरुले सहभागिता जनाएका छन् ।

सम्बन्धित खबर