मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी

शुक्रवार, चैत ३०, २०८०

बिर्तामोड, चैत २९ : नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् ।
उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे ।

त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको हो ।
उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरिएको छ । एनएसजेएफ झापाका संस्थापक अध्यक्ष समदर्शीलाई नगद ३५ हजार र ट्रफीले सम्मान गरिएको हो ।
त्यस्तै, स्पेसल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र ट्रफीले सम्मान गरिएको हो ।
२०७९ मा प्रदर्शन गरेको आधारमा वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित भए । उनीहरुले जनही २५ हजार नगद र ट्रफी पुरस्कार प्राप्त गरे ।

२०७३ सालबाट सुरु भएको झापा स्पोट्र्स अवार्डको यो पाँचौँ संस्करण हो । यसपटक खेलकुद पत्रकार मञ्च झापाले २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्ने झापाली खेलाडी तथा खेल प्रतिभालाई सम्मान गरेको हो ।
आगामी वर्ष पनि अवार्डलाई निरन्तरता दिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए । कार्यक्रम प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले, सदस्य मदन खड्का, अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुली, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष दुर्गानाथ सुवेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलगायत उद्यागी व्यवसायीले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित खबर