मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

पत्रकार महासङ्घ झापाको ‘उपचार कोष’मा एक करोड रुपैयाँ

आइतवार, वैशाख २, २०८१

झापा, २ वैशाख : नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।

नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

महासङ्घको आफ्नै कोषबाट रु चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रु पाँच लाख जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले रु एक करोड जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार समाचार सङ्कलनको क्रममा हुने दुर्घटनामा घाइते भएका र विभिन्न रोग लागेर बिरामी हुने जिल्लाका पत्रकारलाई कोषले उपचारका लागि नगद सहयोग दिँदै आएको छ । कोषमा पत्रकारले जनही रु तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।

“अधिकांश पत्रकार कमजोर आर्थिक पृष्ठभूमिबाट यो पेसामा आएका हुन्छन्”, महासङ्घका पूर्वअध्यक्ष तारामणि सापकोटाले भन्नुभयो, “पारिश्रमिक पनि न्यून हुने भएकाले बिरामी हुँदा उपचारमा जहिल्यै अभाव हुने गरेको देखेपछि उपचार कोष स्थापनाको सोच अघि बढाइएको थियौँ ।” उहाँका अनुसार जिल्लामा हाल दुई सयभन्दा बढी पत्रकार क्रियाशील छन् ।

कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ । कोष वृद्धिका लागि समिति गठन गरिएको थियो । कोषको साँवा रकम खर्च गर्न नमिल्ने गरी अक्षयकोषमा राखिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट पत्रकारको उपचारमा खर्च हुँदै आएको कोषले जनाएको छ ।

कोषको सहयोगमा जिल्लाका थुप्रै पत्रकारले दुर्घटना हुँदा र बिरामी पर्दा उपचार सहयोग पाइसकेका छन् । झापामा प्रेस चौतारी नेपालको शाखाले समेत ‘पत्रकार उपचार कोष’ स्थापना गरेको छ ।

सम्बन्धित खबर