Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
होटल रुस्किनको औपचारिक उद्घाटन, तीन करोड रुपैयाँ लगानी
आइतवार, वैशाख २, २०८१
बिर्तामोड, २ बैशाख : नयाँ वर्ष २०८१ को अवसर पारेर पूर्वको व्यापारिक केन्द्र झापाको बिर्तामोडमा होटल रुस्किन सञ्चालनमा आएको छ ।
बिर्तामोड–५ स्थित बसपार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको हो । तीन करोड रुपैयाँका लगानीमा युवा व्यवसायी नरेश श्रेष्ठले सञ्चालनमा ल्याएको होटलको शनिबार बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नुभयो ।
होटल सञ्चालिका भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक नरेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी दिनु भएको थियो ।
होटलमा ११ वटा एसी कोठा र ४ वटा ननएसी कोठाहरु छन् । त्यस्तै, होटलमा थकालीसहित विभिन्न प्रकारका अर्गानिक तथा स्वादिष्ट खानाका परिकार उपलब्ध रहेको श्रेष्ठले बताए । होटलमा १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कार्यक्रममा बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।