Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापाका १३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी, ६ जना नियन्त्रणमा
आइतवार, वैशाख ९, २०८१
बिर्तामोड, ९ बैशाख : झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिई प्रहरीले चोरी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ । झापा प्रहरीले उनीहरुको पहिचान खुलाउदै चोरीमा संलग्नहरुलाई आज म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।१३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी गर्नेहरु अधिकांश मकवानपुरका युवाहरुको भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । झापासहित मोरङका सहकारीमा समेत चोरीका घटनामा उनीहरुको संलग्नता देखिएको छ ।
प्रहरीले बैशाख ७ गते इटहरीबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्त बहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र गढी गाउँपालिका वडा नं. ८ का २८ वर्षीय अजय राना मगरलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट दुई थान मोटरसाइकल, मोवाइल र चावी फुटाउन प्रयोग गरिएका सामग्री बरामद गरिएको छ । यसअघिका अन्य चोरीका घटनामा समेत संलग्न हुन सक्ने संभावना भएकाले अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।