आइतवार, वैशाख ३०, २०८१
NayaPaper | अनलाइन पत्रिका

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने तालिम सम्पन्न

आइतवार, वैशाख ९, २०८१

बिर्तामोड, ९ बैशाख : गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरेको गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।

गत चैत्र १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरुलाई आज (आइतबार) आयोजित एक संक्षिप्त कार्यक्रमका विच प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाण पत्र वितरण गर्नु भयो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष पाण्डेले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन आग्रह गर्नु भयो । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने, सिलाई बुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रा पालन लगायतका तालिम सन्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाले सिपमुलक तालिम प्रदान गरेका महिलाहरुको लागि लागत सहभागितामा आवश्यक मेशिनसमेत उपलव्ध गराउँदै आएको छ ।

तालिम समापन कार्यक्रममा वडा सचिब टिका अधिकारी, वडा सदस्य कमला महरा दर्जी , निवर्तमान वडा सदस्य प्रेम खरेलको पनि उपस्थिति रहेको थियो ।

सहभागीहरुले तालिम उपलव्धीमुलक बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सिकेको सिपलाई सदुपयोग गर्नको लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्दता व्यक्त गरे ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सहजकर्ता चनिमाया तामाङले तालिम प्राप्तहरुलाई उद्यमी बनाउन नगरपालिकाले सहजीकरण गर्ने बताउनु भयो । त्यसको लागि सबैजना सक्रियरुपमा अघि बढ्न सबैलाई आग्रह गर्नु भयो । तालिममा मेनुका चाम्लिङले प्रशिक्षण दिनुभएको थियो ।

सम्बन्धित खबर