Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटना हुँदा बिर्तामोड ७ का खरेलको ज्यान गयो
बुधवार, वैशाख १२, २०८१
झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- ७ का ३८ वर्षीय तेजमणि खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार राति ७ः५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका- ३ स्थित सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
मोटरसाइकल चालक खरेल र पछाडि सवार मेचीनगर नगरपालिका- १० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका थिए । घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक खरेललाई चिकित्सकले मृत घोषित गरेका थिए । अर्को घाइते दनुवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधनका बारेमा बुझ्ने कार्य भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यता आजै विहान शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा बोलेरो जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा कमल गाउँपालिका-४ अमलडागी निवासी २० वर्षीय युनिस भण्डारी, सोही ठाउँका १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका छन् । एउटै ठाउँमा बसोबास गर्ने उनीहरु दोमुखामा पौडी खेल्न मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । तीन जनाको मृत्युले पूरै गाउँ शोकमा डुबेको छ ।