Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सरकारी सवारी चालकलाई ट्राफिक तथा कानुनी सचेतना, दुई जनालाई सम्मान
बिहिवार, वैशाख २०, २०८१
बिर्तामोड, २० बैशाख : झापाका सरकारी सवारी चालकहरुलाई ट्राफिक तथा कानुनी प्रशिक्षण प्रदान गरिएको छ । बुधबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच चालकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाको आयोजनामा सरकारी सवारी चालकहरुलाई एक दिवसीय प्रशिक्षण प्रदान गरिएको महासचिव खेमराज नेपालले जानकारी दिनुभयो । उहाँले सरकारी सवारी चालकहरु जिम्मेवार व्यक्तिहरुको सवारी चलाउने भएका हुँदा ट्राफिक र कानुनी ज्ञानको आवश्यकता महससु गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।महासचिव नेपालका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रहरी सहायक निरीक्षक पूर्ण गौतम र सरकारी वकिल कार्यालय झापाका सहायक जिल्ला न्यायधीवक्ता लवनाथ घिमिरेले सहजीकरण गर्नुभयो ।
गौतमले ट्राफिक नियम सम्बन्धी र घिमिरेले कानुनी सचेतना प्रदान गरेको महासचिव नेपालले जानकारी दिनुभयो ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख नगेन्द्र संग्रौलाको विशिष्ट आतिथ्यता रहेको थियो ।सोहि कार्यक्रमका विच संस्थालाई महत्वपुर्ण योगदान पुर्याउने अर्जुनधारा ५ का राजकुमार परियार र झापा गाउँपालिका २ का हरि भुजेललाई सम्मान गरिएको छ ।