बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा बाख्रा साटासाट कार्यक्रम प्रभावकारी,पाठा वितरणको लागि खोर निर्माण हँदै

शनिवार, वैशाख २२, २०८१

बिर्तामोड, २२ बैशाख : झापाको बिर्तामोड नगरपालिकाले किसानहरुलाई बाख्रा पालनका लागि पाठा वितरणको तयारी गरेको छ । बाख्रा पालनका लागि किसानहरुले खोर निर्माण अन्तिम चरणमा पुराएका छन् ।

मेयर पकेट कार्यक्रमको बाख्रा साटासाट कार्यक्रम अन्तर्गत नगरपालिकाले नयाँ दुई समूह गठन गरेर बाख्रा वितरणको तयारी गरेको हो । दुई समूहमा आवद्ध हुने ३० जना किसानलाई ३-३ वटा पाठी र एक समूहलाई एउटा विउ बोका वितरण गर्ने तयारी गरिएको पशु तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।

१५ वटा समूहले यसअघि नै बाख्रा पालन गरिरहेका छन्, अब नयाँ २ वटा समूह गठन गरिएको छ । नयाँ समूहहरुले बाख्रा पालनका लागि खोर निर्माण लगभग सकेका छन् । खोर निर्माणको अवस्था बारे नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, पशु शाखा प्रमुख, प्राविधिक, इन्जिनियरसहितको समूहले शुक्रवार अनुगमन गरेको छ । अनुगमनका क्रममा खोर निर्माण सम्पन्न भएको शाखा प्रमुख दाहालको भनाई छ ।

उहाँले बिर्तामोड ९ को जीवनआधार महिला विकास समूह र बिर्तामोड ८ को किसानभिट्टा व्यवसायिक बाख्रा पालन समूहबाट फिर्ता आउने बाख्रा नयाँ समूहलाई दिइनेछ । ३० वटा खोर निर्माणका लागि नगरपालिकाले हरेक किसानलाई ३५ हजारका दरले सहयोग गरेको छ ।

शाखा प्रमुख दाहालका अनुसार मापदण्ड अनुसार खोर निर्माण गरेपछि किसानलाई बाख्रा उपलब्ध गराउने गरिएको छ । मापदण्ड अनुसार खोर निर्माण गरेका किसानलाई सोमवारभित्रमा बाख्रा उपलब्ध गराउने तयारी गरिएको छ ।
खोर निर्माणमा ३५ हजार लगानी गर्नेदेखि निुशल्क बाख्रा वितरण, वीमा, घाँसको विउ, नाम्ले जुकाको औषधि र खोपसम्मको सुविधा उपलब्ध गराउने उहाँले बताउनु भयो ।

नगर उपप्रमुख संग्रौलाले आगामी दिनहरुमा पन कार्यक्रम जारी राख्ने बताउनुभयो । विउ पुँजीको रुपमा बाख्रा पाउने किसानले एक डेढ वर्षमा अर्को समूहका लागि बाख्रा फिर्ता गर्ने गरेको बताउनुभयो ।
गाउँगाउँमा महिलाको जीवनस्तर उठाउनका लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भएको उहाँको भनाई छ ।वडा नं. ८, ९, १० मा सफल भएको कार्यक्रम यो वर्षबाट वडा नं. २ मा पनि विस्तार गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर