Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापाको चारपानेमा दुर्घटनाग्रस्त वस क्रेनको सहायताले उठाइयो, घाइते २७ जनाको उपचार हुँदै
शनिवार, वैशाख २२, २०८१
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा आज दिउँसो दुर्घटनामा परेको मञ्जिल यातायात प्रा.लिको को १ ख ३००९ नम्बरको वस क्रेनको सहायताले उठाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा २७ जना घाईते भएका छन् ।उनीहरुको बिर्तासिटि अस्पतालमा उपचार भइरहेको छ । गौरीगञ्जबाट बिर्तामोडको सिटिसेन्टरमा आयोजित वाइसिएलको जिल्ला भेलामा कार्यकर्ता लिएर आउँदै गर्दा आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको हो ।
घाइतेहुनेहरुमा चमारु मालि,अजय कोच,शंकर आस्था, प्रमोद,भरत राजवंशी, मोहित कुमार ताजपुरीया, शिब मुर्मु , अशोक गंगालाल राजवंशी, सुर्य प्रसाद राजवंशी, रामेश्वर माली, झलनाथ राजवंशी,नरेश प्रसाद राजवंशी,मेनुका राजवंशी, सुनिता राजवंशी,सहुना राजवंशी,राजेन्द्र राई,राहुल ताजपुरीया, निर्मल राजवंशी, खगेन्द्र राजवंशी, अजय कुमार ताजपुरीया, मिनिराज राई, हंसिनारायण राजवंशी, दिपक बास्के,मोति नेपाल, चक्र भुजेल रहेका छन् । उनीहरुसबै गौरीगञ्ज निवासी हुन् ।