सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

मलामी घर निर्माणमा अवरोध गर्दै बिर्तामोड ७ का वडाअध्यक्ष खरेलमाथि आक्रमण

बिहिवार, वैशाख २७, २०८१

झापा, २७ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडा माथि आक्रमण भएको छ ।

वडा नम्बर ७ कै देउनिया घाटमा मलामी घर निर्माणका क्रममा वडाअध्यक्ष खरेल र कार्यपालिका सदस्य खतिवडामाथि नेकपा माओबादी बिर्तामोड नगर कमिटी सचिब गणेश कालिकोटे, कार्यकर्ता नन्दु उप्रेती र दाताराम आचार्यले भौतिक आक्रमण गरेका हुन् ।

माओबादी कार्यकर्ता उप्रेतीले वडाअध्यक्ष खरेललाई छातीमा आक्रमण गरेको स्थानीयले बताए । कार्यपालिका सदस्य खतिवडालाई कालीकोटे र आचार्यले हातपात गरेका हुन् ।

नेकपा माओबादीका कार्यकर्ता होम आचार्यको सिमानासंग जोडिएको उक्त घाटमा आचार्यले नै अरुलाई उक्साएर तनाब सिर्जना भएको हो ।

माओबादी कार्यकर्ताहरुले मलामी घर निर्माणको विरोध गर्दै आएका छन् । ओइलेनी जग्गामा रहेको खाली झुप्रो घर हटाएर मलामी घर निर्माण गर्न लागेपछि उनीहरु आक्रोशित भएका हुन् । खाली झुप्रोका घरधनीलाई यस अघिनै नगरपालिकाले घर बनाइदिएर अन्यत्र सारेको छ ।
घाट निर्माणमा तनाब उत्पन्न भएपछि नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला पनि पुग्नु भएको थियो ।

मलामी घर निर्माणका लागि यस आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र काम अघि बढाउँदा आक्रमण भएको वडाअध्यक्ष खरेलले बताउनु भयो ।उहाँले विकासका काममा बाधा अवरोध गर्दै भौतिक आक्रमण गर्नेहरु माथि भोली ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिने जानकारी दिनुभयो ।

सम्बन्धित खबर