Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
शिवसताक्षीमा एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिवसीय कष्टमाइज्ड तालिम सम्पन्न
सोमवार, वैशाख ३१, २०८१
शिवसताक्षी, ३१ बैशाख : शिवसताक्षीमा सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिवसीय कष्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३५ ओटा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापनरत ३५ जना शिक्षकहरुलाई तालिम दिइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ।
तालिममा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरुको क्षमता विकासका लागि पाठ्यक्रमको मूल्याङ्कनको पक्षलाई जोड दिइएको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो। उहाँले तालिमले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।
तालिमको समापनमा शिवतसाक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिम बैसाख २९ गतेबाट शिवसताक्षी नगरपालिकाको सभा हलमा सञ्चालन भएको थियो । तालिममा लीला भण्डारी, कमल भट्टराई र दिपक लुईंटेलले सहजीकरण गर्नु भएको थियो ।