शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पर्यटकको मन लोभ्याउँदै राताम्य शिरीषको फूल

बिहिवार, जेठ ३, २०८१

झापा, ३ जेठ : झापाको तराई छिचोलेर उकालो जाँदै गर्दा इलामको सीमा पुग्नुअघि बर्नेको चिया बगानमा सडकको किनारैभरि राताम्य भएर ढकमक्क फुलेका शिरीषका फूलले कसको मन नलोभ्याउला । झापाको बुद्धशान्ति–४ मा रहेको बर्ने चिया बगानको बिचमा मेची राजमार्गको किनारमा फुलेका शिरीषका फूलले दशौँ हजार मौसमी पर्यटकको मन जितेको छ । शिरीषको फूलकै कारण यो स्थान विगत वर्षदेखि नै रमणीय पर्यटकीय क्षेत्र बनेको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल शिरीष’को रुपमा चर्चा भएपछि टाढादेखि पर्यटक यहाँ आउने गरेका छन् । फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न युवायुवतीको घुइँचो नै लाग्ने गरेको छ । झापालाई इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासँग जोड्न चार दशकअघि सडक निर्माण गर्दा मेची राजमार्गको बर्ने क्षेत्रमा फूल फूल्ने प्रजातिका शिरीष लहरै हुर्काइएको थियो । राजमार्गका यात्रुको ध्यान चैतदेखि फूल्ने यिनै शिरीषको फूलले तानेपछि विगत केही वर्षयता स्थानीय पालिकाले नै यसलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।

शिरीष फूलेको क्षेत्र प्राकृतिकरुपमै सौन्दर्ययुक्त भएकोले पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाइँले बताउनुभयो । उहाँका अनुसार पालिका र वडाले पर्यटकलाई सुविधा पु¥याउनका लागि रु १२ लाख बढी रकम खर्चेर बस्ने चौतारो, शौचालय र पार्किङस्थलको निर्माण गरेको छ । उहाँले हाल बर्ने चिया बगानको दुई सय मिटर सडक किनारमा तीन सय गुलमोहर शिरीषको बिरुवासमेत लगाइसकेको बताउनुभयो । सो स्थानमा पालिकाले ‘बेलकम टु यू बुद्धान्ति’ नै लेखे दुई वटा बगानको बीचमा ब्लक विच्छ्याएर टिकटिक रोडसमेत बनाइसकेको बनाउनुभयो ।

“शिरीष फुलेको सिजनमा मात्र होइन वर्षैभरि पर्यटकलाई आकर्षण गर्ने गरी सो क्षेत्रमा विकास गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब चाँडै पालिकाकामा बसोबास गर्ने विभिन्न जातजातिका ड्रेससहित घोडा ल्याउने तयारीसमेत भइरहेको छ ।”उहाँले पालिकाले यस क्षेत्रमा भएको खानेपानीको अभावलाई तत्काल व्यवस्थापन ट्याङ्की निर्माण र टाइल विच्छ्याउने कार्य तीव्ररुपले भइरहेको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा भाइरल शिरीषको फूल देखेर बुधबार काठमाडौँबाट चन्द्रगढी विमानस्थलहुँदै श्रीकेश तेलका प्रोपाइटर टीका बुढाथोकीसमेत आएको बताउनुभयो ।

उहाँले समेत यस क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्न सक्दो सहयोग गर्ने आश्वासन दिएको उहाँले राससलाई जानकारी दिनुभयो । झापामा पर्यटकीय आकर्षणकास्थल प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उत्साहित बनाउने भएकाले फूलेका शिरीषका रुख सामाजिक सञ्जालमासमेत भाइरल भइरहेका छन् । यतिबेला बर्ने चिया बगान, दोमुखा धार्मिक पर्यटकीय क्षेत्र र थोप्लेविरान सामुदायिक वनभित्र फुलेको शिरीषको फूलले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउन थालेको हो ।

शिरीषको फूलको सौन्दर्यले मोहित भएका पर्यटक व्यक्तिगत, सामूहिक तस्बीर खिचाउने र टिकटक बनाउन व्यस्त देखिन्छन् । बर्षौपुराना ती रुख वर्षमा एकचोटी फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको थोल्लेविरान सामुदायिक वन उपभोक्ता समितिकी सचिव जानुका ओलीले बताउनुभयो । उहाँले थोप्लेविरान सामुदायिक वन परिसरको पार्कमा फूलेको शिरीषको फूलमा तस्बीर खिचाउन दैनिकजसो भीड लाग्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो “हरियाली वनभित्र राताम्मे फूलेको शिरीषको फूल नै अहिले पर्यटकको रोजाइमा परेको छ ।”दोमुखा धार्मिक पर्यटकीय क्षेत्रभित्र शिरीषकै फूलको कारण पर्यटकको थप आकर्षण बढेको छ । पूर्व–पश्चिम राजमार्गको माईधार चोकदेखि करिब पाँच किलोमिटर उत्तरमा रहेको यस स्थानका अन्य क्षेत्रमा भन्दा शिरीषकै फूलमा तस्वीर खिच्नेको भीड लाग्न थालेको छ ।
गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको सचिव ओलीको भनाइ छ ।

पूर्व–पश्चिम एसियन हाइवे निर्माण सुरुसँगै सडक आसपास क्षेत्रका रुख कटान गरिएको छ । दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यले बन्दै गरेको सडक किनारामासमेत स्थानीय सरकारले शिरिषको बिरुवा लगाउन सके भविष्यमा सडक नै सुन्दर देखिने जिल्ला सामुदायिक वन महासङ्घका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो ।

सम्बन्धित खबर