शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

जेठ ६ गतेदेखि चलचित्र महोत्सवको आयोजना,बिर्तामोडमा मुख्यमन्त्रीले उद्घाटन गर्ने

शुक्रवार, जेठ ४, २०८१

बिर्तामोड, ४ जेठ : कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव हुने भएको छ ।

महोत्सवको आयोजक आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र व्यवस्थापक नेपाल चलचित्रकर्मी संघ रहेको शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहरुमा विगत देखिनै बाक्लोरुपमा चलचित्र छायाङ्‌कन हुँदै आएका छन्। विभिन्न भाषा र जातिगत क्षेत्रीय चलचित्रहरु पनि यस प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन् ।

कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका कतिपय केन्द्रीय स्तरका चलचित्रका केही भाग, गीत संगीतका दृष्य लगायत कथाले मागे अनुरुपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत छायाँकन हुने गरेको छ । तर त्यो हिसावले चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरु शून्यजस्तै रहेकाले प्रदेशमा पहिलो पटक चलचित्र महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताउनुभयो।

सरकारले सूचना तथा संचारको गतिविधिमा चलचित्रलाई पनि प्राथमिकता दिनु पर्ने चलचित्रकर्मीहरूको ठहर छ । चलचित्र क्षेत्र भनेको यस्तो क्षेत्र हो जसले प्रदेशलाई पर्यटनसँग जोडेर एउटा ठूलो आम्दानीको श्रोतको रुपमा विकास गरेर आर्थिक रुपमा मजवुत पनि बनाउन सक्ने आयोजकको विश्वास छ ।

चलचित्र क्षेत्रमा विकास भएका नयाँ प्रविधि, सिर्जना, सीप, कला र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्न, विभिन्न मुलुकबीच चलचित्रको माध्यमबाट साँस्कृतिक क्षेत्रको अनुभव आदानप्रसाद गर्न वा संयुक्त रुपमा लगानी गरी चलचित्र निर्माण गर्ने काममा उत्प्रेरित गर्ने काम भईरहेको सन्दर्भमा कोशी प्रदेशमा रहेर कोशी प्रदेशका विभिन्न स्थलहरुमा चलचित्रको छायांकन गर्दै देश विदेशमा यस प्रदेशको बारेमा जानकारी दिने कार्यमा चलचित्र निर्माता तथा कलाकारहरुले महत्वपूर्ण योगदान पुर्याएको चलचित्रकर्मीहरू बताउँछन्।

कोशी प्रदेशमा निर्माण भएका चलचित्रहरु र यस प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले आगामी जेठ ६ गतेदेखि ११ गतेसम्म चलचित्र महोत्सव २०८१ को आयोजना गर्न लागिएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा महोत्सवको उ‌द्घाटन गर्नुहुनेछ । बिर्तामोडमा उ‌द्घाटन र केहि गतिविधि बाहेक अन्य कार्यक्रमहरु बिराटनगरमा हुनेछन्।

सम्बन्धित खबर