Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड १ मा बालअधिकार सम्वन्धी २ दिने तालिम आजदेखि सुरु
बिहिवार, जेठ १०, २०८१
बिर्तामोड, १० जेठ : बिर्तामोड नगरपालिका वडा नम्बर १ मा बालअधिकार सम्वन्धी २ दिने तालिम आजदेखि सुरु भएको छ ।
वडा कार्यालयको हलमा आयोजित तालिममा आदर्श वाल क्लब र वडाका ३६ वटा टोल विकास संस्थाबाट ४५ जनाले सहभागिता जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले तालिम प्रभावकारी रहेकोले राम्रोसंग लिन
बालबालिकालाई आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय समाजमा बढिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि बालबालिकाहरुले पनि ध्यान दिनु पर्ने अवस्था रहेको बताउनुभयो ।
तालिममा बालअधिकार, बाल क्लव सञ्चालन र बालमैत्री स्थानीय शासन व्यवस्था लगायतका विषयमा प्रशिक्षण गराईने बालबालिका तथा शिक्षा सञ्चारमञ्च जिल्ला संयोजक सरोज पौडेलले जानकारी दिनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य इन्द्रचन्द्र आङवुहाङ, टेकबहादुर अधिकारी, वडा सचिब टिका अधिकारी, पूर्व जनप्रतिनिधि प्रेमकुमार खरेल, बालक्लव अध्यक्ष अनुकुल निरौलालगायतको उपस्थिति रहेको थियो ।