शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेकपा एमाले बिर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित

बुधवार, जेठ १६, २०८१

बिर्तामोड, १६ जेठ : नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित हुनु भएको छ ।
अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले पछि पार्दै भट्टराई निर्बाचित हुनु भएको हो । भट्टराईको पक्षमा २६८ र कडेलको पक्षमा १९९ मत झरेको थियो ।यस्तै उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ ।उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत हुनुभयो । सचिबका अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्नुभयो ।

उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित हुनुभयो । यस्तै, महिला उपचिवमा डिल्लीमाया आयार्य २५४ मतसहित निर्वाचित हुनुभयो भने प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्नुभयो ।लेखा समिति अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित हुनुभयो ।

सम्बन्धित खबर