Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा झोला बनाउने तालिम सम्पन्न, सहभागीलाई मेसिन प्रदान
बुधवार, जेठ १६, २०८१
बिर्तामोड, १६ जेठ : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत झोला बनाउने तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा गत चैत्र १३ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । तालिममा बिर्तामोडका वडा नम्बर १,३,४ र ७ बाट १५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।नगरपालिकाले तालिममा सहभागीहरुलाई झोला सिलाउने मेसिनसमेत प्रदान गरेको छ । सहभागिहरुको ३५ प्रतिशत लागत साझेदारीमा १५ वटा मेसिन प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिनुभयो ।तालिममा सहभागीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले तालिममा सिकेको सिपलाई सहि सदुपयोग गरेर उद्यमी बन्न सहभागीहरुलाई आग्रह गर्नु भयो । सिप भए बेरोजगार बस्नु नपर्ने भन्दै उहाँले नगरपालिकाको तर्फबाट यस वर्षपनि अचार बनाउने, गुडिया बनाउने, ढाका बुन्ने, फोटो फ्रेम बनाउने, पोते उन्ने लगायत विभिन्न प्रकारका तालिम प्रदान गरेको जानकारी दिनुभयो ।तालिम समापन कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडासदस्य लक्ष्मी रोक्का, व्यवसायी तथा समाजसेवी तोम प्रसाद ओली लगायतको उपस्थिति रहेको थियो। तालिममा पंकजा भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।