Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
अचार उद्योगलाई प्रविधि हस्तान्तरण
शुक्रवार, जेठ २५, २०८१
बिर्तामोड, २५ जेठ : बिर्तामोड नगरपालिकाले वडा नम्बर ९ स्थित डाँडागाउँमा रहेको कोशेली अचार उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले अचार हाल्ने ड्रम र तौल लिने मेसिन हस्तान्तरण गरेको हो । उक्त सामाग्री नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्योगका अध्यक्ष शान्ता रिजाल लगायतलाई हस्तान्तरण गर्नुभयो । तीन सय लिटर क्षमताका ५ वटा र पाँच सय लिटर क्षमताका २ वटा गरी ७ वटा प्लाष्टिकका ड्रम र १ थान तौल मेसिन हस्तान्तरण गरीएको हो ।
संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले उद्यमी महिलाहरुले सञ्चालन गरेको यस उद्योगलाई थप व्यवसायिक बन्नका लागि प्रेरित गर्दै सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । कोशेली अचार उद्योग स्थानीय ६ जना महिलाहरुले सञ्चालन गर्दै आएका छन् । यस उद्योगमा आँप, कागती, अकबरे खुर्सानी, अचार पेष्ट लगायत उत्पादन हुँदै आएको छ ।कार्यक्रममा शिक्षा शाखाका प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिका सदस्य संगिता सिवा लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो । नगरपालिकाले यस अघि जेठ १६ गतेमात्रै यहि कार्यक्रम अन्तर्गत १५ जना महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको थियो ।