Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड नगरपालिकाको बेरुजु घट्यो
शुक्रवार, जेठ २५, २०८१
बिर्तामोड, २५ जेठ : बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ ।
महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थीक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत छ ।
यो आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत उल्लेख थियो ।
२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थीक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिनुभयो ।
बिर्तामोडमा सैदान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु , प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर गर्नु पर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् ।
अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै लगिएको र यसलाई शुन्यमा झार्ने रणनीतिका साथ काम भईरहेको नगरपालिकाले जनाएको छ ।