शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

‘रोङ गट ट्यालेन्ट’को छनोट प्रक्रिया सुरु

सोमवार, जेठ २८, २०८१

ईलाम, २८ जेठ : रोङ प्रतिभाको खोजी अन्तरगत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनोट प्रक्रिया सुरु भएको छ ।
रोङ गाउँपालिका भित्र रहेका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उदेश्यले गायन, नृत्य र कविता विधामा जेठ २७ गते आइतबारबाट रोङ गाँउपालिका वडा नम्बर ६ को वडा कार्यालयबाट प्रारम्भिक चरणको छनोट प्रक्रिया सुरु गरेको हो ।
रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाउँपालिकाको आर्थिक सहयोग र रोङ विद्यार्थी एकता समितिको सह आयोजनामा सुरु भएको यस कार्यक्रमको प्रारम्भिक चरणको छनोट प्रक्रिया
४ दिन रहने आयोजक समितिले जनाएको छ ।
जेठ २७ गते वडा नम्बर ६ को वडा कार्यालय, जेठ २८ गते वडा नम्बर ४ र ५ को वडा कार्यालय, जेठ २९ गते वडा नम्बर ३ को वडा कार्यालय र जेठ ३० गते वडा नम्बर १ र २ को वडा कार्यालयमा कार्यक्रम हुने छ ।

फारम भर्नेको संख्या करिब ३ सय भन्दा बढी छ । पहिलो दिनको उत्साहजनक उपस्थिति संख्या हेर्दा कार्यक्रम सोचेअनुरुप भव्यरुपमा सम्पन्न हुने आयोजक समितिको अनुमान छ । कार्यक्रममा गायन विधामा करिब एकसय १२ , नृत्य विधामा करिब एक सय ५७ र कविता विधामा करिब ३९ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको छ । यसैगरि प्रारम्भिक चरणपश्चात पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम त्यस्तै दोस्रो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम र तेस्रो चरणको प्रतिस्पर्धात्मक अर्थात फाइनल कार्यक्रम रहने छ भने यस चरणहरुको तालिका छिट्टै प्रकाशन गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न चरणको छनोट प्रक्रियाका लागि आयोजकद्वारा प्रत्येक विधाबाट २ जना गरी जम्मा ६ जना निर्णायकहरुको व्यवस्था गरिएको छ । यसैगरि अन्तिम चरणमा गायन, नृत्य र कविता तीनवटै विधामा प्रथम, द्धितीय र तृतिय हुने प्रतिभाहरुलाइ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने र सोही क्षेत्रमा केही नयाँ अवसर दिने साथै रोङको विशिष्ट प्रतिभाको रुपमा सम्मान गरिने आयोजक जनाएको छ ।

सम्बन्धित खबर