शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको निधन

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड, ३१ जेठ : प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो ।


पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गर्नु भएको थियो । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्वमा समेत क्रियाशिल हुनुहुन्थ्यो ।

बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आउनु भएको थियो ।

स्व. पाठकको अन्त्येष्टी शुक्रवार छोरा बिदेशबाट आइपुगेपछि गरिने पारिवारिक स्रोतले जनाएको छ । पाठकको निधनले झापाको पत्रकारितामा अपुरणीय क्षति पुगेको छ ।

सम्बन्धित खबर