बुधवार, असार १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ३ मा आयोजित सिलाई कटाई तालिम सम्पन्न

शनिवार, असार १, २०८१

बिर्तामोड, १ असार : बिर्तामोड नगरपालिका ३ स्थित जगदम्बा टोलमा आयोजित सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जिभ करियर इन्ष्टिच्युट प्रा.लि ले स्थानिय महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले आयोजना गरेको तालिम आज सम्पन्न भएको हो ।

तालिममा सहभागीहरुलाई वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, जगदम्बा टोल विकास संस्थाका पुर्वअध्यक्ष धनपति उप्रेती र वर्तमान कोषाध्यक्ष अनिता भण्डारीले प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष बुढाथोकीले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले तालिम लिएपछि रोजगारी आवश्यक रहेकोले यस विषयमा नगरपालिकासंग समन्वय गर्नेसमेत बताउनु भयो ।

जिभ करियर इन्ष्टिच्युटले वर्षौदेखि विभिन्न प्रकारका सिपमुलक तालिम प्रदान गर्दै आएको कार्यक्रम संयोजक बबिता बयलकोटीले जानकारी दिनुभयो ।

बैशाख ३० गतेदखि सुरु भएको तालिममा १३ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई लक्ष्मी रोक्काले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षक रोक्का वडा नम्बर ३ को जनप्रतिनिधिसमेत हुनुहुन्छ ।

 

सम्बन्धित खबर