Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
तीन दशकपछि मेचीनगरको राईसिंह खोलामा पक्की पुल निर्माण
आइतवार, असार २, २०८१
झापा, १ असार : झापाको मेचीनगर नगरपालिकास्थित राइसिंह खोलामा तीन दशकपछि पक्की पुल निर्माण भएको छ । मेचीनगर–२ र ४ का बासिन्दाले लामो समयदेखि उक्त पुल निर्माणको माग गर्दै आएका थिए ।
रु सात करोड २६ लाखको लागतमा पुल निर्माण गरिएको हो । हात्ती प्रभावित साविक बाहुनडाँगी बजार र भृकुटी क्षेत्रलाई जोड्ने सो पुल निर्माणका लागि २०५१ सालदेखि पहल गरिँदै आएको थियो । एक दशकअघि रु ४० लाखको लागतमा तत्कालीन जिल्ला विकास समितिले राइसिंह खोलामा पुल निर्माण थालेको थियो । तर बजेट अभावमा सो पुल बन्न सकेको थिएन । सो पुलदेखि उत्तरतर्फ २०७७ सालमा अर्को पुल निर्माण थालिएको थियो ।
बजेट अभावका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको कोशी प्रदेश पूर्वाधार विकास कार्यालयका अधिकृत सुरेन्द्रप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो, “भुक्तानी बक्यौताका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको हो, चालु आवभित्रै भुक्तानी गछौँ ।”
पुल बनेपछि मेचीनगरको हात्ती प्रभावित बाहुनडाँगीका १८ हजारभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । तीन दशकदेखि प्रत्येक निर्वाचनमा उम्मेदवारहरुले उक्त पुल बनाउने प्रतिबद्धता जनाउँदै आएका थिए । पछिल्लोपटक कोशी प्रदेश सरकारले प्राथमिकतापूर्वक बजेट सुनिश्चित गरेपछि पुल निर्माण सम्पन्न भएको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले बताउनुभयो । पुलको लम्बाई ५१ मिटर तथा चौडाई ८ दशमलव ४० मिटर रहेको छ । हस्तान्तरण गर्न बाँकी भएपनि आवतजावतका लागि पुल खुला गरिएको छ ।