Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मालपोत कार्यालय भद्रपुरको राजस्व बढ्यो
सोमवार, असार ३, २०८१
भद्रपुर (झापा) ३, असार : भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा रु ७० करोड ९८ लाख १३ हजार आठ सय ९१ राजस्व सङ्कलन गरेको छ । ११ हजार आठ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो ।
चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । “गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा रु २० करोड ८७ लाख ९३ हजार छ सय १४ ले राजस्व सङ्कलन बढेको छ,” उहाँले भन्नुभयो । गत आवको सोही अवधिमा रु ५० करोड एक लाख २० हजार दुई सय ७७ राजस्व सङ्कलन भएको थियो ।
चालु आवमा सेवा करबापत रु छ करोड ८६ लाख ७० हजार दुई सय ८९, रजिष्ट्रेसन दस्तुर रु ४३ करोड ४३ लाख ७८ हजार तीन सय ५५, छुटबापत रु पाँच करोड ७० लाख ६३ हजार सात सय ४५, डोर सुविधा शुल्क रु एक लाख ६५ हजार सङ्कलन भएको छ । पूँजीगत लाभकर रु २६ करोड ३५ लाख ५५ हजार तीन सय ८५ र विलम्ब शुल्कबापत रु एक लाख आठ हजार छ सय छ राजस्व सङ्कलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिनुभयो ।