आइतवार, भदौ २३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय

मङ्गलवार, असार ४, २०८१

झापा, ४ असार : चिकित्सा शिक्षा आयोगले झापामा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।

बैठकमा सहभागी एक सदस्यका अनुसार आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले बिएन्डसीका विषयमा अदालतले परमादेश नै दिइसकेकाले उक्त विषयमा इफ बट केही नभनी परमादेश अनुसार नै अगाडि बढ्नु पर्ने बताएपछि सोही अनुसार निर्णय भएको हो।
बालुवाटारमा आज बसेको आयोगको १४ बैठकको प्रमुख एजेन्डा नै त्यही विषय थियो। बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागि थिए।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो। उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो।


बीएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो। ऐनको त्यही व्यवस्थाअनुसार सम्बन्धन पाउन बीएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो। तर त्यतिबेला आयोगले आशयपत्र नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन स्वीकृति दिन अस्वीकार गरेको थियो।

सम्बन्धित खबर