शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

रतुवाखोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला

बिहिवार, असार ६, २०८१

झापा, ६ असार : दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतकका आफन्तले घटनास्थलम आएर सनाखत गरेपछि पहिचान खुलेको उहाँले बताउनुभयो ।

रतुवाखोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा मानिसको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर