Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मदन भण्डारी फाउण्डेशन झापाको अध्यक्षमा हरिचरण शिवाकोटी निर्वाचित
शनिवार, असार ८, २०८१
बिर्तामोड, ८ असार : मदन भण्डारी फाउण्डेशन झापाको अध्यक्षमा हरिचरण शिवाकोटी निर्वाचित हुनुभएको छ । आज बिर्तामोडमा भएको तेस्रो जिल्ला सम्मेलनले शिवाकोटीलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।
फाउण्डेशन झापाको उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा लीला दाहाल र कोषाध्यक्षमा गणेश पोखरेल निर्वाचित हुनु भएको छ । ३१ सदस्यीय झापा जिल्ला कमिटीका सदस्यहरुमा हरिदाश ढुङ्गाना, पशुपति खतिवडा, संगिता खतिवडा चौलागाईं, राजेन्द्र पन्धाक, अमिरकुमार श्रेष्ठ, हेमकला भण्डारी, माधव भण्डारी विद्रोही, लक्ष्मण पाठक, कौशिल्या अधिकारी, समर्पण खतिवडा, निशा लिम्बु, निर्मला पाठक, नेत्रप्रसाद दाहाल, नारायणप्रसाद गौतम, असारु राजवंशी, निरु परियार, देवकुमार राई, सुरेन राजवंशी, छत्र श्रेष्ठ, भक्त घिमिरे, मोहन शिवाकोटी, बलराम गजुरेल, मदनकुमार उप्रेती, प्रेमबहादुर गिरी र बद्री भट्टराई रहनुभएको छ ।
मदन भण्डारी फाउण्डेशन झापाको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकारहरुमा रोमनाथ ओली, दिपक कार्की, उमानाथ ओली, सोम पोर्तेल, रामचन्द्र उप्रेती, गीता अधिकारी, बेनु शिवाकोटी, लक्ष्मी राई,चिन्तन पाठक, राधाकृष्ण खनाल र डम्बर बस्नेत रहनुभएको छ ।
मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष गोपाल गुरागाईंको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको विचार जनताको बहुदलीय जनबादलाई आमनागरिकसम्म पुर्याउने बताइएको थियो ।