मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिकाको आयोजनामा विद्यार्थीको प्रतिभा प्रदर्शन प्रतियोगिता

आइतवार, असार ९, २०८१

बिर्तामोड, ०९ असार : सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन प्रतियोगिता बिर्तामोडमा सम्पन्न भएको छ ।
नगर शिक्षा शाखाको आयोजनामा महेन्द्ररत्न माध्यमिक विद्यालयमा बृहत बौद्धिक प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कक्षा ६ देखि ८ मा अध्ययनरत विद्यार्थीहरूले मादल बजाउने, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको लागि गायन , कक्षा ४ र ५ का लागि दुना टपरी बनाउने प्रतियोगिता, कक्षा १,२,३ का लागि चित्रकला प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आकस्मिक वकृत्वकला प्रतियोगिता सञ्चालन सञ्चालन गरिएको हो ।

प्रतियोगितामा चित्रकलातर्फ सेन्ट जेभियर्स माविका रिक्सन शेर्पा प्रथम नवोदय फनमिन स्कुलका सक्षम कार्की द्वितीय गोमेन्द्र बिर्तामोडल स्कुलका युनिका राजबंशी तृतीय र न्युटन एजुकेसन कि अरविन पौडेल र कन्चनजंगा बोर्डिङका रिहाना श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी गायनतर्फ न्युटन एजुकेसनका स्माइल बजगाई प्रथम, सुनगाबा बोर्डिङका पूजन बुढा क्षेत्री द्वितीय, कञ्चन बोर्डिङका रोजी शेख तृतीय र बुद्ध स्मृति बोर्डिङका प्रसुन गुरागाई र मनमाया माविका रोहीका तिम्सिनाले सान्तवना पुरस्कार प्राप्त गरे ।मादल बजाउने तर्फ न्युटनका संस्कार सापकोटा प्रथम, हेमिटी बोर्डिङका अचेतन भट्टराई द्वितीय, वाल्मिकी बोर्डिङका हृदयराज खनाल तृतीय र ग्लोरी बोर्डिङका मौसम तिम्सिना र देवी माविका संजय प्याकुरेलले सान्त्वना पुरस्कार जितेका छन् ।

यसैगरी दुना टपरी बनाउने प्रतियोगितामा मोहनमाया माविका सोनिया लिम्बु प्रथम, महेन्द्र रत्न मावि कि खुशबु शर्मा द्वितीय , दुर्गा माभिका प्रनिश पाठक तृतीय र ग्रिन फिल्ड कि  आहना प्रधान र रुद्र मेमोरियल स्कुलका अनिषा भट्टराई शान्तवना भए ।माध्यमिक तहतर्फ सञ्चालित आकस्मिक वक्तृत्वकला एक्सटेम्पर स्पिचमा बाल्मिकी एजुकेसनका हृदयप्रसाद शिवाकोटी प्रथम, निधि माविका श्रेयम शिवाकोटी द्वितीय, महेन्द्ररत्न मावि कि प्रस्तुति भट्टराई तृतीय र मोहनमाया मावि कि आयुश्री मिश्र र टावर टेम्पल स्कुलकी सोनाक्षी राई शान्तवना भए ।

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको खोजी गर्न नगरपालिका सदैव तयार रहेको बताउनु भयो । उहाँले बिर्तामोडका सामुदायिक विद्यालयहरुमा भौतिक तथा शैच्छिकरुपमा उल्लेखनिय प्रगति भएको धारणा राख्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नदिई उनीहरूको प्रतिभालाई सहयोग पुग्ने कार्यक्रमहरुमा जोड दिनु पर्ने बताउनु भयो । उहाँ नगरको शिक्षाको विकासको लागि नगरपालिका डटेर लागेको बताउनु भयो ।शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विजयी प्रतियोगीहरूलाई नगर प्रमुख, उप प्रमुखसंगै शिक्षक महासङ्घका अध्यक्ष युवराज कट्टेल, सचिव उमनाथ भण्डारी, दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी, सरस्वती माविका प्रधानाध्यापक दीपक लुइटेल, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्ग प्रसाद खरेल लगायतले नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।

प्रतियोगिताको सञ्चालन शिक्षक लीलाप्रसाद भण्डारी, धर्मेन्द्र भट्टराई र देवेन्द्र हुमागाईं लगायतले गर्नुभएको थियो।

सम्बन्धित खबर