Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नगर प्रमुख प्रसाईद्वारा कनकाई रोडको अनुगमन
बिहिवार, असार १३, २०८१
बिर्तामोड, १३ असार : बिर्तामोड नगर प्रमख पवित्रा महतारा प्रसाईले वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमन गर्नु भयो ।
ईलाम स्टेन देखि सुव्वा चोकसम्मको सडक खण्डमा आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भईरहेकोले नगर प्रमुख प्रसाईले आज ईन्जिनियर सहितको टोली लिएर अनुगमन गर्नु भएको हो ।
अनुगमनमा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष रोहित प्रसाईलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।
आगामी १० दिनभित्रमा सम्पन्न गर्ने गरी २ खण्डमा काम धमाधम भईरहेको छ । ईलाम स्टेनदेखि नेपाल टेलिकमसम्मको १ सय ८५ मिटर कनकाई निर्माण सेवा र टेलिकम देखि सुव्वा चोकसम्म ४ सय ६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । सडकको ७ मिटर चौडाई छ । दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम सुरु भएकोले चाँडै काम सम्पन्न हुने वडाअध्यक्ष रोहित प्रसाईले बताउनु भयो ।
सघनशहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा कामको ठेक्का लिएका हुन् ।