सोमवार, असार १७, २०८१
NayaPaper | अनलाइन पत्रिका

नगर प्रमुख प्रसाईद्वारा कनकाई रोडको अनुगमन

बिहिवार, असार १३, २०८१

बिर्तामोड, १३ असार : बिर्तामोड नगर प्रमख पवित्रा महतारा प्रसाईले वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमन गर्नु भयो ।
ईलाम स्टेन देखि सुव्वा चोकसम्मको सडक खण्डमा आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भईरहेकोले नगर प्रमुख प्रसाईले आज ईन्जिनियर सहितको टोली लिएर अनुगमन गर्नु भएको हो ।
अनुगमनमा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष रोहित प्रसाईलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

आगामी १० दिनभित्रमा सम्पन्न गर्ने गरी २ खण्डमा काम धमाधम भईरहेको छ । ईलाम स्टेनदेखि नेपाल टेलिकमसम्मको १ सय ८५ मिटर कनकाई निर्माण सेवा र टेलिकम देखि सुव्वा चोकसम्म ४ सय ६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । सडकको ७ मिटर चौडाई छ । दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम सुरु भएकोले चाँडै काम सम्पन्न हुने वडाअध्यक्ष रोहित प्रसाईले बताउनु भयो ।

सघनशहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा कामको ठेक्का लिएका हुन् ।

सम्बन्धित खबर