Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
महिला लक्षित निशुल्क सीप विकास तालिम सम्पन्न
शुक्रवार, असार १४, २०८१
बिर्तामोड, १४ असार : बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको महिला लक्षित सीप विकास तालिम सम्पन्न भएको छ ।
वडा नम्बर ३ मा जेठ १३ गतेदेखि आयोजना गरिएको एक महिने तालिम आज सम्पन्न भएको हो । तालिममा प्रत्येक वडाबाट २/२ जनाका दरले २० जना महिलाको सहभागिता रहेको थियो ।
तालिम पशुपति टेक्निकल कलेज प्रा. लिले आयोजना गरेको हो । तालिममा सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र प्रदान गर्नु भयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । स्वदेशमा स्वरोजगार बन्नका लागि र विदेश जानको लागि पनि तालिम उपयोगी रहेको भन्दै दक्षता हासिल गर्न आग्रह गर्नुभयो ।
तालिमलाई सुजन राईले प्रशिक्षण दिनु भएको हो । नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा बारिस्ता, लोकसेवा तयारी कक्षा, विद्यालयहरुमा किशोरी आत्मरक्षा, लागूऔषध दुर्व्यसनी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन भएको शाखा प्रमुख पुष्पा कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा पशुपति टेक्निकल कलेजका अमर पुर्विया, नगरका रोजगार शाखा प्रमुख होमनाथ भट्टराई लगायतको उपस्थिति रहेको छ ।