सोमवार, असार १७, २०८१
NayaPaper | अनलाइन पत्रिका

महिला लक्षित निशुल्क सीप विकास तालिम सम्पन्न

शुक्रवार, असार १४, २०८१

बिर्तामोड, १४ असार : बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको महिला लक्षित सीप विकास तालिम सम्पन्न भएको छ ।

वडा नम्बर ३ मा जेठ १३ गतेदेखि आयोजना गरिएको एक महिने तालिम आज सम्पन्न भएको हो । तालिममा प्रत्येक वडाबाट २/२ जनाका दरले २० जना महिलाको सहभागिता रहेको थियो ।

तालिम पशुपति टेक्निकल कलेज प्रा. लिले आयोजना गरेको हो । तालिममा सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र प्रदान गर्नु भयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । स्वदेशमा स्वरोजगार बन्नका लागि र विदेश जानको लागि पनि तालिम उपयोगी रहेको भन्दै दक्षता हासिल गर्न आग्रह गर्नुभयो ।

तालिमलाई सुजन राईले प्रशिक्षण दिनु भएको हो । नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा बारिस्ता, लोकसेवा तयारी कक्षा, विद्यालयहरुमा किशोरी आत्मरक्षा, लागूऔषध दुर्व्यसनी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन भएको शाखा प्रमुख पुष्पा कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा पशुपति टेक्निकल कलेजका अमर पुर्विया, नगरका रोजगार शाखा प्रमुख होमनाथ भट्टराई लगायतको उपस्थिति रहेको छ ।

 

सम्बन्धित खबर