आइतवार, भदौ २३, २०८१
NayaPaper | अनलाइन पत्रिका

सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन

बिहिवार, असार २०, २०८१

झापा, २० असारः अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गरेको छ । सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले शल्यक्रिया सेवा सञ्चालनका लागि सङ्घीय सरकारबाट अत्याधुनिक उपकरण प्राप्त भएको बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले रु १८ करोड लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।

 

सम्बन्धित खबर