Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन
बिहिवार, असार २०, २०८१
झापा, २० असारः अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गरेको छ । सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले शल्यक्रिया सेवा सञ्चालनका लागि सङ्घीय सरकारबाट अत्याधुनिक उपकरण प्राप्त भएको बताउनुभयो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले रु १८ करोड लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।