Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने
सोमवार, पौष ४, २०७९
काठमाण्डौ । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको छ । गएराति कतारको लुसेल मैदानमा भएको फाइनलमा फ्रान्स पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भयो ।
विश्व कपको उपाधि जितेपछि मेस्सीले आफूले तत्काल सन्यास नलिने प्रतिक्रिया दिएका हुन् । आफू अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहेको उनको भनाइ छ । यसअघि मेस्सीले आफ्ना लागि कतार विश्व कप नै अन्तिम विश्व कप भएको बताइसकेका छन् ।
पाँचौँ पटक विश्व कप खेलेर उपाधि जिताएका मेस्सीले विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । फ्रान्ससँगको फाइनल खेलमा उनले विश्व कपमा आफ्नो २६औँ खेल खेले । अहिलेसम्म विश्व कपमा २६औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी हुन् । यसअघि सन् २०१६ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले त्यहाँका राष्ट्रपतिको आग्रहमा सन्यास फिर्ता लिएर पुनः खेलेका हुन् ।
मेस्सीले फिफा विश्व कप–२०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । अर्जेन्टिनाले कतारमा विश्व कपको उपाधि जित्दा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् ।