शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपाली युवा उद्यमी मञ्च (NYEF)झापाको अध्यक्षमा डा. रुपेशजंग बेलबासे चयन

बिहिवार, असार २७, २०८१

बिर्तामोड, २७ असार : नेपाली युवा उद्यमी मञ्च (NYEF)झापाको अध्यक्षमा डा. रुपेशजंग बेलबासे चयन हुनु भएको छ ।

बुधबार होटल मेची क्राउनमा भएको पहिलो साधारणसभाले डा. बेलबासेको नेतृत्वमा समिति चयन गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा गणेश पौडेल, द्वितिय उपाध्यक्षमा मिजास पोखरेल, सचिवमा ई. अजित ढुङ्गाना र कोषाध्यक्षमा सुरज चौधरीलाई चयन गरेको छ। यस्तै कार्यकारी सदस्यहरुमा आयुष बजगाई, उत्सव उप्रेती, निरज चौधरी, जस्मिन श्रेष्ठ, विशाल विमली, विकास अग्रवाल, मनिष साहेवाला रहनु भएको छ ।समितिको आमन्त्रित सदस्यहरुमा बरदान बस्नेत र डा.आशिष शर्मा रहनु भएको छ ।कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी , जिल्लाका सुरक्षा प्रमुख तथा उद्योगी,व्यवसायीहरुको आतिथ्यता रहेको थियो ।युवा उद्यमी मञ्चका प्रथम अध्यक्ष प्रभेस बस्नेतले पहिलो कार्यकाललाई सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद प्रदान गर्नुभयो । उहाँले पहिलो कार्यकाल सिकाईको वर्ष भए पनि मञ्चको पहिलो वर्ष उपलब्धीमुलक भएको बताउनु भयो ।साधारणसभामा युवा उद्यमी बिर्तामोडस्थित गणपति वेकरका सञ्चालक राजु ढकाललाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर