Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नेपाली युवा उद्यमी मञ्च (NYEF)झापाको अध्यक्षमा डा. रुपेशजंग बेलबासे चयन
बिहिवार, असार २७, २०८१
बिर्तामोड, २७ असार : नेपाली युवा उद्यमी मञ्च (NYEF)झापाको अध्यक्षमा डा. रुपेशजंग बेलबासे चयन हुनु भएको छ ।
बुधबार होटल मेची क्राउनमा भएको पहिलो साधारणसभाले डा. बेलबासेको नेतृत्वमा समिति चयन गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा गणेश पौडेल, द्वितिय उपाध्यक्षमा मिजास पोखरेल, सचिवमा ई. अजित ढुङ्गाना र कोषाध्यक्षमा सुरज चौधरीलाई चयन गरेको छ। यस्तै कार्यकारी सदस्यहरुमा आयुष बजगाई, उत्सव उप्रेती, निरज चौधरी, जस्मिन श्रेष्ठ, विशाल विमली, विकास अग्रवाल, मनिष साहेवाला रहनु भएको छ ।समितिको आमन्त्रित सदस्यहरुमा बरदान बस्नेत र डा.आशिष शर्मा रहनु भएको छ ।कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी , जिल्लाका सुरक्षा प्रमुख तथा उद्योगी,व्यवसायीहरुको आतिथ्यता रहेको थियो ।युवा उद्यमी मञ्चका प्रथम अध्यक्ष प्रभेस बस्नेतले पहिलो कार्यकाललाई सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद प्रदान गर्नुभयो । उहाँले पहिलो कार्यकाल सिकाईको वर्ष भए पनि मञ्चको पहिलो वर्ष उपलब्धीमुलक भएको बताउनु भयो ।साधारणसभामा युवा उद्यमी बिर्तामोडस्थित गणपति वेकरका सञ्चालक राजु ढकाललाई सम्मान गरिएको थियो ।