Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम सम्पन्न
शुक्रवार, असार २८, २०८१
बिर्तामोड, २८ असार :वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो ।
महिलाहरुलाई आत्मनिर्भर, सशक्तिकरण र उद्यमशिलतासंग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताउनुभयो ।
सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशिलताको विषयमा महत्वपुर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् ।
विजय तिम्सिनाले सहजीकरण गर्नु भएको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक संगिता सिवाले तालिम उद्घाटन गर्नु भएको थियो ।
नगरपालिकाले बिहिबार इटहरीका विभिन्न लघुउद्यमीहरुले सञ्चालन गरेका ५ वटा फर्महरुमा अवलोकन भ्रमणसमेत गराएको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिनुभयो ।
स्थानीय श्रोत साधनको प्रयोग गरी शिप सिकौं, उद्यमी बनौं भन्ने मुख्यनाराका साथ उद्यमविकास शाखाले यस आर्थिक वर्षमा सिलाई कटाई, व्युटिपार्लर, ढाका बुनाई, झोला बनाउने, गुडिया बनाउने, बाख्रापालन लगायतका दर्जनौ तालिम प्रदान गर्नुकासाथै प्रविधिसमेत हस्तान्तरण गरेको छ ।