शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बस दुर्घटना अपडेट : नारायणी नदी किनारामा थप दुइटा शव फेला

शनिवार, असार २९, २०८१

काठमाडौं, २९ असार : नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन ।

यसअघि चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको थियो ।

सम्बन्धित खबर