मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रदान

सोमवार, साउन ७, २०८१

बिर्तामोड, ०७ साउन : जनपक्षीय पत्रकार स्वर्गीय देवकुमार आचार्यको स्मृतिमा स्थापित डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार यस बर्ष झापाली सञ्चारकर्मीद्वय झुलन रेग्मी र डिकेश लामालाई प्रदान गरिएको छ ।
सोमबार बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार संयुक्त रुपमा रेग्मी र लामालाई प्रदान गरिएको हो । प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित उक्त पुरस्कारको राशी यस बर्षबाट ४२ हजार रुपैँया पुर्याइएको छ । कार्यक्रमका अध्यक्ष राजु पाठक, कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, कोशी प्रदेश संसदीय दलका नेता तथा प्रदेश पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो (मौसम) तथा डी. कौडिण्यकी धर्मपत्नी यमुना आचार्यले पुरस्कार राशी तथा सम्मान पत्र प्रदान गर्नु भयो ।

कार्यक्रमका वक्ताहरुले डी. कौडिण्य एक कुशल शिक्षक, राजनीतिज्ञ तथा पत्रकार भएको भन्दै उनको चर्चा गरेका थिए । डी. कौडिण्यको बिषयमा व्यापक अध्ययन हुन जरुरी रहेको उनीहरुको भनाई थियो । डी. कौडिण्यको बिषयमा आम पत्रकारजन्य संघ संगठनले बहसको बिषय बनाउनुपर्नेमा उनीहरुको सुझाव थियो ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका फियाक, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, समाजवादी प्रेस संगठन झापा अध्यक्ष शम्भुजित दाहाल, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, नेपाल प्रेस युनियनका नेता राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राख्नु भयो ।
पुरस्कृत व्यक्तित्वहरुको तर्फबाट बोल्दै अग्रज पत्रकार लीला बरालले पुरस्कृत व्यक्तिहरुलाई बधाई दिँदै पुरस्कारको ओझ र गरिमा कायम राख्न आग्रह गर्नु भयो
। डी. कौडिण्यकी पत्नी यमुना आचार्य, छोरी तृप्ती आचार्य, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमनसिंह सी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमले आआफ्ना धारणा राख्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि आङ्बोले राणा शासन विरोधी आन्दोलनदेखि पछिल्लो पहिचानको आन्दोलनसम्म आउँदा भएका शहिदहरुको परिवारको जिम्मा राज्यले लिनुपर्ने धारणा राख्नुभयो। महान शहिदको परिवारले आफ्ना सदस्य गुमाएको पीडा बिर्सिएर मुलुकले प्राप्त उपलब्धीमा खुशी हुन आग्रह गर्नुभयो ।शहिद परिवारको उचित राहत, रेखदेखका निमित्त पार्टीको तर्फबाट आफुले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।


कार्यक्रममा उपस्थित सहभागीहरुलाई प्रेस सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत र केन्द्रीय सचिव विमल लामिछानेले डी. कौडिण्यको जीवनीका बारेमा चर्चा गर्नुभयो । कार्यक्रम संगठनका सचिव पुष्प खड्काले सञ्चालन गर्नुभएको थियो ।

देवकुमार आचार्य तत्कालिक शिक्षक, राजनीतिक व्यक्तित्व तथा जनपक्षीय पत्रकार हुनुहुन्थ्यो
। विद्रोही भएको बहानामा राज्यले पक्राउ गरी आचार्यलाई २०५९ साल साउन ७ गते चारआलीस्थित नेपाली सेनाको व्यारेकमा निर्ममतापूर्वक हत्या गरिएको थियो । आचार्यसँगै खगेन्द्र दंगाल र शंकर घिमिरेलाई समेत सोहि दिन हत्या गरिएको थियो । उनीहरुको २१औँ स्मृति दिवसको अवसरमा प्रत्येक बर्ष प्रेस सेन्टर नेपाल झापाले उक्त पुरस्कार वितरण गर्दै आएको छ ।

सम्बन्धित खबर