आइतवार, भदौ २३, २०८१
NayaPaper | अनलाइन पत्रिका

सौर्य एयरलाइन्स जहाज दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

बुधवार, साउन ९, २०८१

काठमाडौं, ९ साउन : मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा बाबुआमासहित नाबालक छोरा पनि रहेका छन् । यो दु्र्घटनामा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् ।
प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् । उनी नेकपा एकीकृत समाजवादीको प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

मनुराजले जहाज मर्मतका लागि पोखरा उड्ने भएपछि श्रीमती प्रिजालाई कार्यालयबाट बोलाएका थिए । त्यसैगरी विद्यालय गएका छोरालाई पनि ल्याएर उनले सँगै पोखरा लाँदै थिए ।

सम्बन्धित खबर