Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सेवा अवधि नपुगेका कर्मचारीको सरुवा नगर्न सरकारको ध्यानाकर्षण
शुक्रवार, साउन ११, २०८१
काठमाडौँ, ११ साउन : नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले प्रचलित ऐन कानुनविपरीत सेवा अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई आज ज्ञापनपत्र बुझाउँदै सङ्गठनले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई राजनीतिक दबाबका आधारमा ऐन, कानुन र मापदण्डविपरीत सरुवा थमौती नगर्न आग्रह गरेको हो ।
राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानुनविपरीत पूर्वाग्रह राखी अन्यायपूर्ण ढङ्गले गरिएका सरुवासम्बन्धी काम कारबाही यथाशीघ्र सच्च्याउन सरकारको ध्यानाकर्षण गराइएको सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिनुभयो ।
सङ्घीय निजामती सेवा ऐन जारी हुन नसकिरहेको सङ्क्रमणकालीन अवस्थामा स्थानीय तहमा रहेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमति साथ प्राप्त निवेदन यथास्थितिमा रहेकाले यथाशीघ्र सरुवासम्बन्धी मापदण्ड बनाई मागबमोजिम सरुवा व्यवस्थापन गर्न सङ्गठनले माग गरेको छ ।