शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

टिसिएलले नेपालमा ल्यायो गुगल टिभी

सोमवार, पौष ४, २०७९

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मदत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ओएस हो।

यसमा प्रयोगकर्ताहरूले आफ्नो  मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रिनबाटै सेलेक्ट गरेर हेर्न सक्ने कम्पनीले जनाएको छ। गुगल टिभीको प्रारम्भिक सेटअपपछि प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन्। होम स्क्रिनमा विभिन्न एपहरू, फिल्महरू र टिभी कार्यक्रमका स्लाइडहरू हुन्छन् जुन प्राथमिकताका आधारमा देखाइन्छ।

यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्ह्यान्स्ड युजर इन्टरफेरेन्सहरू छन् जसले गर्दा टिभी चलाउँदा सहज र सजिलो महसुस हुन्छ। यसबाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्न क्रोमकास्ट र बिल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ। गुगल टिभीले नयाँ संस्करणहरूलाई पनि आफैं अपडेट गर्छ।

हालै टिसिएलले 'पी७३५ ४के एचडिआर गुगल टिभी विथ क्यामरा (७५ इन्च),  सी७३५ क्युएलइडी ४के गुगल टिभी विथ क्यामरा (६५ र ५५ इन्च) र पी७३५ ४के गुगल टिभी (६५, ५५, ५० र ४३ इन्च) गरी कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ।

नेपालभर टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल हो।

सम्बन्धित खबर