Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
राष्ट्रिय युवा संघ नेपालद्वारा खडेबाबा स्मृति पार्कमा सरसफाई तथा बृक्षारोपण
शनिवार, साउन १२, २०८१
अर्जुनधारा, १२ साउन : राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
युवा संघले अघि सारेको 'एक युवा, पाँच बिरुवा' अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रमकी प्रमुख अतिथि संघको स्थायी कमिटी सदस्य तथा संगठन विभाग सचिव रोजिना पाण्डेले बताउनु भयो । उहाँले यो महिनाको हरेक शनिबार बृक्षारोपण गरिने जानकारी दिनुभयो ।विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण भएको हो ।
पर्यावरण सन्तुलन कायम राख्न, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको पाण्डेको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य भोला परियार, धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका कार्यपालिका सदस्य कौशिलाल परियार, वडा नम्बर ७ का वडाअध्यक्ष गोविन्द खतिवडा, सदस्य हरि कटवाल लगायतको सहभागिता रहेको थियो ।राष्ट्रिय युवा संघ वडा नम्बर ७ का अध्यक्ष विशाल लामिछानेको अध्यक्षतामा आयोजित सरसफाई तथा बृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सहभागिता जनाएका थियो।