सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

समाजवादी युवा संघका कोशी प्रदेश अध्यक्ष टाइसन केरुङसहित दर्जनौ माओबादीमा प्रवेश

शनिवार, साउन १९, २०८१

बिर्तामोड, १९ साउन : समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङ सहित विभिन्न पार्टीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङ सहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन ।
योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाका युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै टाइसन केरुङले आफूसँगै समाजवादी युवा संघ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताउनु भयो । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीहरू सलबलाउन थालेको बताउँदै उहाँले संघीयता, धर्म निरपेक्षता, पहिचान लगायतका मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि आफूहरू माओवादीमा प्रवेश गरेको बताउनु भयो ।
एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छविराज गहतराजले समावेशिता, संघीयता, धर्मनिरपेक्षता लगायतका मुद्दा माओवादी केन्द्रले उठाएको बताउँदै आफू माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गर्नु भयो । उहाँले माओवादीलाई २०६४ सालको अवस्थामा पुर्याउन सबै सच्चा कम्युनिष्टहरू माओवादी केन्द्रमा गोलबन्द हुनुपर्ने बताउनु भयो।

नेपाली कांग्रेस परित्याग गरी पार्टी प्रवेश गरेका रामभक्त योङयाले १९ वर्षपछि आफू आफ्नै घरमा फर्किएको बताउनु भयो । परिवर्तनको पक्षधर माओवादीप्रति ठूला दलले घेराबन्दी गरेको बताउँदै उहाँले पहिचान पक्षधर एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले झापामा २०६४ सालको अवस्था आउने बताउनु भयो । माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उहाँले उल्लेख गर्नु भयो । २०७० सालमा संविधानमा माओवादीका एजेण्डा स्थापित हुन नदिनका लागि कांग्रेस र एमालेले सरकार बनाएको स्मरण गराउँदै उहाँले भन्नुभयो , ‘त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर हामीले अग्रगामी संविधान बनायौं । अहिले त्यो संविधानलाई परिवर्तन गर्नका निमित्त फेरि प्रमुख दुई दलले सरकार बनाएका छन् ।’ प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लगायतका विषयमा जनपक्षीय काम गर्न थालेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबमा दुई दल मिलेको गजुरेलको दाबी छ । सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको भन्दै उहाँले पार्टी र नेतृत्व कमजोर नहुने दाबी गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताउनु भयो । प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेको बताउनु भयो ।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यो पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको बताउनु भयो ।

माओबादी केन्द्रले टाइसन केरुङलाई वाइसीएल प्रदेश कमिटीको सहसंयोजक, झापा अध्यक्ष उपेन्द्र लिम्बुलाई वाईसीएल झापा उपाध्यक्ष, पंकज शेर्पालाई बुद्धशान्ति गाउँपालिका संयोजक, पुकार गुरुङलाई वाइसिएल झापा उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

सम्बन्धित खबर