शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

एकगाग्री पानी लिन घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने बाध्यता हट्यो

मङ्गलवार, साउन २२, २०८१

फिक्कल (इलाम), २२ साउनः इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।”

डेढ घण्टा उकालो बाटो गाग्रीबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आउनुभएको वसन्तासहित माङमालुङ बजार र आसपासका एक सय ७१ घरपरिवारले त्यो बाध्यताबाट मुक्ति पाएका छन् । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ को लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने वर्षौँदेखिको बाध्यता हटेको हो ।

माङसेबुङ गाउँपालिका–२ र ६ वडावासीका लागि ‘लिफ्ट’ प्रविधिबाट ‘मिक्लाजुङ खानेपानी आयोजना (चित्रेखोला मुहान)’ निर्माण सम्पन्न भएको छ । मुख्य प्रसारण लाइनको विद्युत् प्रयोग गरेर चित्रेखोला मुहानअन्तर्गत गढेरे खोल्सी मुहानबाट एक हजार दुई सय मिटर टाढा पानी तानेर घरघरमा मिटरसहित धारा जडान गरी वितरण गरिएको छ । आयोजनाबाट वडा नं २ का चित्रे, डोलटार, भोटेडाँडा र वडा नं ६ का माङमालुङ बजार, नागीगाउँ, छेउनागलगायत गाउँका एक सय ७१ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

आयोजना निर्माण भएसँगै खानेपानीका लागि सदियौँदेखि सास्ती खेप्नुपरेको त्यस क्षेत्रका बासिन्दा काकाकुलबाट मुक्त भएका छन् । सदियौँदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी आउन थालेपछि त्यस क्षेत्रका बासिन्दामा खुसीको सीमा छैन । आदिवासी राई जातिको एकल बाहुल्य रहेको त्यस क्षेत्रका बासिन्दाले पानी शुद्ध पिउने पानी पाएपछि हर्षित भएका छन् ।

रु दुई करोड ५९ हजारको लागत अनुमान रहेकामा बिएनके महालक्ष्मी जेभी धनकुटाले रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ मा ठेक्का पारेको थियो । आयोजनाअन्तर्गत मुहानबाट दुई मिटर दूरीमा ७५ घनमिटर क्षमताको कलेक्सन ट्यााङ्की निर्माण गरिएको । कलेक्सन ट्याङ्कीबाट एक किलोमिटर दूरीमा एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पुर्याएर पानी वितरण गरिएको माङसेबुङ गाउँपालिकाका इन्जिनिर युवराज दाहालले बताउनुभयो । रिजर्भ ट्याङ्कीबाट साढे आठ हजार मिटर एचडीपीइ पाइप (पोलिथिन पाइप) विस्तार गरी घरघरमा खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।

“लिफ्ट प्रविधिबाट सञ्चालन गरिएको आयोजनाबाट प्रतिसेकेण्ड पाँच लिटर पानी आउँछ, यो गाउँवासीका लागि पर्याप्त हुन्छ”, इन्जिनियर दाहालले भन्नुभयो, “त्यसका लागि मुख्य प्रसारण लाइनबाट ११ हजार भोल्टको करेन्ट प्रवाह हुनेगरी विद्युत् लाइन जडान गरिएको छ, आयोजनाका लागि छुट्टै ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।”

वर्षौ देखिको खानेपानीको समस्या भोग्दै आएका स्थानीयले घरघरमा खानेपानी आएपछि नयाँ जीवन पाएको बताएका छन् । जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय कमलकुमारी राईले घरघरमा पानी आउँदा निकै खुसी लागेको बतुनभयो । “खानेपानीका लागि बिहानभरि पर्खेर कुवाको दूषित पानी खान बाध्य थियौँ, हिउँदमा त त्यो पनि सुक्खा हुन्थ्यो”, उहाँले भन्नुभयो, “वर्षौँदेखि भोग्दै आएको त्यो समस्या अहिले अन्त्य भएको छ, हामी सुखी छौँ ।”

खानेपानी आयोजना सञ्चालन भएपछि पिउनका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउने समस्या समाधान भएको स्थानीय सुनिता राईले बताउनुभयो । घरघरमा शुद्ध खानेपानी पुगेपछि अहिले गाउँवासी सबै हर्षित भएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा स्थानीयले सदियौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । आर्थिक वर्ष २०६७/६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेको भए पनि हिउँदमा मुहान सुक्ने कारणले समस्या ज्यूँकात्यूँ थियो । तर विद्युतीय माध्यमबाट ‘पम्पिङ’ गरी खानेपानी आयोजना सञ्चालन भएपछि समस्या सधैँका लागि अन्त्य भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।

“पहिलो चरणमा एक सय ७१ घरपरिवारका लागि खानेपानी आयोजना सम्पन्न गरिएको छ, यहाँबाट धेरैका खानेपानीको समस्या समाधान भएको छ”, उहाँले भन्नुभयो, “अर्को चरणमा अन्य बस्तीका लागि रु तीन करोडको यस्तै आयोजना सञ्चालन गरिनेछ, त्यसका लागि पहल भइरहेको छ ।” आयोजन सञ्चालन भएको क्षेत्र समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित छ ।

सम्बन्धित खबर