बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पूर्वी पहाडमा अलैंची पुनःरोपण अभियान सञ्चालन, किसान उत्साहित

शनिवार, साउन २६, २०८१

बिर्तामोड, २६ साउन : नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैंची पुनःरोपण अभियान सुरु गरिएको हो ।

अलैंची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैंची व्यवसायी महासंघले अभियानको संयोजन गरेको छ ।

बिहीबार इलामको रोङ गाउँपालिका र शुक्रबार देउमाई नगरपालिकामा अलैँची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ विरुवा रोपण गरेर अभियान सुरु गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो। उहाँले इलाम अलैंचीको उद्गम जिल्ला भएको र विभिन्न रोगकाकारण यसै जिल्लाबाट अलैंची मासिन थालेकोले पनि अलैंची पुनःरोपण अभियान यसै जिल्लाबाट सुरु गरिएको बताउनु भयो ।प्रदेश तथा स्थानीय सरकार, व्यवसायी, किसान तथा प्राविधिक क्षेत्रसमेत सबै सरोकारवालाको सहभागितामा यो अभियान सुरु भएकोले यसबाट प्रतिफल प्राप्त हुने विश्वास रहेको बताइएको छ ।


कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास, देउमाई नगरपालिका, वडा नं ६ का वडाध्यक्ष सुरेन वस्नेत, ३ का वडाध्यक्ष पदम कटुवाल , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, उपाध्यक्षहरु सुवास भट्टराई, मातृका घिमिरे , महासचिव नारायण चिमरिया, महासंघका सल्लाहकार पवन विन्दल, भरत चौधरी, अलैंची विकास केन्द्रका प्रमुख राजन परियारलगायतले संयुक्त रुपमा विरुवा रोपेर अभियानको शुभारम्भ गर्नु भएको हो ।

बिहीबार रोङ गाउँपालिकाको वडा नं ४ किटेनीस्थित सुम्निमा नर्सरी उद्योगमा नर्सरी विरुवा रोपण गरेर र शनिबार देउमाई नगरपालिका ६ मा स्थानीय सुरज वस्नेतको खेतमा उत्पादनयोग्य विरुवा रोपण गरेर अभियान शुभारम्भ गरिएको हो।

रोङ्मा महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको टनेलमा नर्सरीकै लागि चारसय विरुवा रोपण गरिएको छ ।अभियान अन्तर्गत देउमाईमा अलैंचीका विरुवा रोपणका साथै स्थानीय किसानहरुलाई ४ हजार नयाँ विरुवा वितरण गरिएको छ । नेपालमा एक लाख किसान अलैँची खेती तथा व्यवसायमा आबद्ध रहेका छन् ।

कूल १९ हजार हेक्टरमा उत्पादन हुने अलैँचीबाट वार्षिक ७ देखि ८ अरब रुपैयाँ नेपाल भित्रिने गरेको छ । अघिल्लो वर्षदेखि मूल्य पनि बृद्धि भएकोले अलैंची उत्पादनमा पुनः किसानहरु जागरुक देखिएका छन् ।
नेपालको अलैँची उच्च गुणस्तरको हुने भएकाले विदेशी बजारमा यसको माग उच्च रहेको छ ।

सम्बन्धित खबर