Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद
बिहिवार, साउन ३१, २०८१
भद्रपुर (झापा) ३१, साउन: स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताउनुभयो । बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका प्रयोग भइसकेका विलविजक नभएका १२ थान मोबाइल बरामद गरिएको हो । गैरकानुनी काममा प्रयोग भएको गाडी र त्यसका चालक मेचीनगर नगरपालिका– १० का सुर मुखियालाई पनि भन्सार कार्यालय पठाएको छ ।
यसैगरी, बुधबार नै मेचीनगर नगरपालिका–६ काँकडभिट्टा हुँदै भन्सार छलेर ल्याइएका तामाका जग, बालबालिकाका जुत्ता, चप्पल र ५५ किलो सुपारी पनि बरामद गरिएको जनाइएको छ ।