Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै
बिहिवार, साउन ३१, २०८१
झापा, ३१ साउन : पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ ।
अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन् ।
कार्यालयका प्रमुख मोहन पनेरुले बङ्गलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताउनुभयो । उहाँले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताउनुभयो । “धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्”, उहाँले भन्नुभयो, “आन्दोलनका कारण उहाँहरुलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ ।”
कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो ।
यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बङ्गलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिङ्गापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको उहाँले बताउनुभयो ।