शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेप्से १ सय ८ अंकले घट्यो, २ सय ९ वटा कम्पनीको शेयर राताम्मे

आइतवार, भदौ २०, २०७८

काठमाण्डौ । शेयर बजार आज एक सय अंक भन्दा धेरैले घटेको छ । बजार सुरु भएदेखि घट्न थालेको नेप्से बन्द हुँदा पनि राताम्मे भएको छ । 

नेप्से आज एक सय ८ दशमलव २६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलव ७२ विन्दुमा झरेको छ । दुई सय २३ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ९ वटा कम्पनीको शेयर घटेको छ । 

१६ वटा कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । दुई करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

यसअघि बजार खुलेको २ घण्टा अर्थात १ बजे नेप्से पाँच प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भएको थियो । बजार बन्द हुनुअघि दुई सय १५ वटा कम्पनीको कारोबार भएकोमा २ सय १० वटाको शेयर घटेको थियो । एक बजेर ४० मिनेटमा पुनः कारोबार भएको नेप्से राताम्य हुँदै बन्द भएको हो । 

सम्बन्धित खबर